एनआरएन

उद्धार उडानको नाममा टिकटमा कालोबजारी गर्नेलाई छानबीन गरि कारवाही गरियोस : विनय अधिकारी

अमेरिका ,बाल्टिमोर , विदेशमा जोखिममा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन सरकारले परिचालन गरेको जहाजको टिकट खरिदमा समेत कोलाबजारी भएको भन्दै एनआरएन अभियन्ता विनय अधिकारीले सरकारको ध्यानर्कषण गराउनुभएको छ । महँगो भाडा असुलेर सरकारले गैरजिम्मेवारी काम गरेको भन्दै सरकारको ध्यानर्कषण गराउनुभएको हो ।

टिकटमा कालोबजारी हँुदा पीडित मजदुर नेपाल फर्कन नपाएको ब्यापक गुनासो आइरहेको भन्दै मध्यपूर्व र मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई चाडो फर्काउन आग्रह गर्नुभएको छ । मध्यपूर्वका पीडित कामदारहरुको गुनासोलाई सम्बोधन गर्न माग गर्दै अधिकारीले सरकारले नै कालोबजारीलाई संरक्षण गरेको दावी गर्नुभयो ।

सरकारले जोखिममा रहेका श्रमिकलाई उद्धार गर्ने भने पनि व्यावसायिकभन्दा उद्धार उडानको मूल्य धेरै कायम गरिएकोमा आपत्ति जनाउँदै यसअघि विभिन्न देशमा भएका कालोबजारीलाई छानबीन गर्न समेत माग गर्नुभएको छ ।

विदेशमा अलपत्र नेपाली नागरिक आफ्नै पैसामा घर फर्कन खोज्दा पनि ठगिनु दुखद भएको भन्दै अधिकारीले दूतावास र नेपाल एयरलाइन्सका कर्मचारी तथा ट्राभल एजेन्ट मिलेर श्रमिकलाई थप शोषण गरेको भन्दै सरकारलाई ध्यानर्कषण गराउनुभएको हो ।

Comment here