प्रबास

जनसम्पर्क समितिको यूरोपस्तरीय बैठक सभापति गुरुङ्गको संयोजकत्वमा सम्पन्न

जर्मनी – नेपाली कांग्रेस जनसम्पर्क समितिको यूरोपस्तरीय बैठक सम्पन्न भएको छ । कोभिड १९ विषयमा आयोजीत बैठक सम्पन्न भएको हो । डा. प्रकाशशरण महतले नेपाली जनसम्पर्क समिति बेलायतले धेरै राम्रा काम गरेको र सभापति गुरुङको खुलेर प्रसंसा गर्नु भयो। काँग्रेस बलियो बनाउन हामीले अब कुनै कसुर बाकि राख्न नहुने कुरामा जोड दिनु भयो। जनसम्पर्क समितिको चौधौ महाधिबेसन बिषयमा पनि आफुले जनसम्पर्क समितिलाई बिधान सम्बत कसरि धेरै सहभागी गराउन सकिन्छ भन्ने बारे बिशेस चासो दिएको कुरा प्रकास पार्नु भयो।

कार्यक्रमलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा ‘कोभिड १९’ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सम्बोधन गर्नुभयो सो अवसरमा सहमहामन्त्री महतले नेपालमा सरकारको कमजोरीले कोरोना संक्रमण बढेको बताउँदै कांग्रेसले बारम्वार सरकारलाई सुझाव पेश गर्दा पनि वेवास्था गरिएको बताउनुभयो ।

कांग्रेसले जनस्तरमा कोभिडको विषयमा सचेतना जगाउने कार्य गरिरहे पनि सरकार कोभिड रोकथामा असफल भएको बताउनुभयो । नेपालबाट कम्युनिष्ठहरु असफल बन्दै गएको बताउँदै अब जनताले कम्युनिष्टहरुलाई तिरस्कार गर्ने बताउनुभयोकार्यक्रममा बोल्नुहुँदै कांग्रेस नेताहरु एनपी साउद, गोविन्द भट्टराई र डा. चन्द्र भण्डारीले नेपालमा कोभिड बढ्नुमा सरकार मुख्य दोषी रहेको बताउनुभयो ।जुममार्फत आयोजना गरिएको कार्यक्रम नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ्गको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा मिडियाको तर्फबाट विनय अधिकारी पनि सहभागि हुनुहुन्थ्यो ।साथै कार्यक्रममा युरोपस्थित जनसम्पर्क समितिका सभापति, पूर्वसभापति, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।

 

Comment here