Uncategorized

एनआरएनए अभियन्ता विनय अधिकारीलाई जनसम्पर्क समिति बेलायतको सम्मान

लन्डन ।  एनआरएनए अभियन्ता विनय अधिकारीलाई सम्मान गरेको छ । जनसम्पर्क समितिले शनिबार आयोजना गरेको १०७ औं बिपी जयन्तीको अवसरमा अधिकारलाई सम्मान गरिएको हो । जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले खादा ओढाएर अधिकारलाई सम्मान गर्नुभएको हो ।

सभापति गुरुङले कोभिड १९ मा जनसम्पर्क समितिलाई महत्वपूर्ण सहयोग गरेको र विश्वभरि चिनाउने कार्य गर्नुको साथै चेपाङ समुदायमा राहत वितरणमा महत्वपूर्ण योगदान गरिएकोमा प्रशंसा गर्नुभयो । साथै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुपनि अधिकारीको प्रशंसा गर्नुभएको थियो ।

अधिकारीले नेपालको चितवन जिल्लास्थित इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ४ र ५ का चेपाङ समुदायमा पुगेर राहत वितरण गर्न सफल हुनुभएको थियो । पाँच हजार पाँच सय भन्दा बढी जनसंख्या रहेको चेपाङ बस्तीमा कोभिड १९ का कारण समस्यामा परेको चेपाङ समुदायलाई जनसम्पर्क समिति बेलायतबाट संकलन गरि पठाएको रकम वितरण गर्दै महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।

त्यस्तै अधिकारीले विश्वभरि रहेको जनसम्पर्क समितिलाई मिडियासँग जोड्ने तथा प्रचार प्रसार गर्ने कार्यमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ ।