Uncategorizedएनआरएन

एनआरएनमा महिला सहभागिता र नेतृत्व आवश्यक छ, अब चुप लागेर बस्नु हुन्न : विनय अधिकारी

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएन )अभियन्ता तथा २०१९- ०२१ मा आइसिसी सचिवको उम्मेदवार समेत रहनु भएको विनय अधिकारीले संघमा महिला सहभागिता र नेृतत्वको सवाल अब कार्यान्वयन तहमा पुर्याउन आवश्यक भएको विचार ब्यक्त गर्नुभएको छ । महिला सहभागिता र नेतृत्वको सवाल गम्भिर रुपमा अगाडि बढेको र अब कार्यान्वयन नगरे सघर्ष गर्न आवश्यक रहेको तथा त्यसको लागि विश्वभरिका महिला दिदीबहिनीहरुलाई आफनो पूर्ण समर्थन रहने बताउनुभएको छ ।

अधिकारीले आफूले एनआरएन अभियानमा लागेदेखि नै महिला सहभागिताको विषयमा आवाज उठाउँदै आएको बताउँदै महिलाको मुद्धा महिलाले मात्र उठाउँछन र उठाउनुपर्छ भन्ने धारणा गलत भएको बताउनुभयो । महिलाको मुद्धा पुरुषले पनि उठाउनुपर्नेमा जोड दिर्दै आधा आकाश ढाकेका महिलाहरु हरेक क्षेत्रमा सक्षम र योग्य हुँदा पनि पुरुष प्रधान समाजले त्यसलाई स्वीकार गर्न नसकेकोमा गलत प्रवृत्तिविरुद्ध खुलेर विरोध गर्नुपर्ने बताउनुभएको छ ।

एक बिज्ञप्ति जारी गर्नुहुँदै अधिकारीले विश्वभरिका गैर आवासीय नेपाली महिला दिदी बहिनीहरु अब संगठीत ढंगले एकजुट हुनुपर्नेमा पनि जोड दिनुभयो । ‘अब महिला दिदीबहिनीहरु संगठीत ढंगले एकजुट भएर दबाब सिर्जना गर्नुपर्ने बेला आएको छ’, उहाँले भन्नुभयो ।

संघमा महिलासम्बन्धी विभिन्न पद तथा फोरमहरु सिर्जना गरिएकोमा भए पनि कार्यान्वयन तह फितलो रहेको उल्लेख गर्नुभयो । ‘अब हामी चुप लागेर बस्नु हुँदैन, विश्वभरिका नेपाली महिला दिदी बहिनीहरु सघर्षमा उत्रीनुपर्ने बेला आइसक्यो’, अधिकारीले थप्दै भन्नुभयो ।

‘तपाईहरु एकजुट भएर लाग्नुभयो भने हाम्रो साथ र सहयोगले अब एनआरएनएमा महिला नेतृत्व आउँन सम्भव छ’, उहाँले भन्नुभयो । महिला नेतृत्वको विषयमा कुरा गरिरहँदा भाषणमा सिमित भएको र एनआरएनको तल्लो तहदेखि माथिल्लो तहसम्म महिला नेतृत्व ल्याउन लागिपर्नुपर्ने तथा त्यसको लागि आफनो तर्फबाट सक्दो जुनसुकै सहयोग रहने पनि बताउनुभएको छ ।

अधिकारीले थप्दै भन्नुभयो, ‘महिलाहरुलाई अगाडि बढाउन पुरुषको पनि महत्वपूर्ण योगदान रहन्छ र छ । तर हाम्रो समाजको संरचना नै महिलाहरुलाई भन्दा पुरुषलाई अगाडि बढाउने खालको भएर महिलाहरु आफू सक्षम र योग्य भए पनि पछाडि परिरहनु भएको छ ।

अधिकारीले संघमा महिला सहभागिता र नेतृत्वको लागि ठूलो सघर्ष र अभियान चलाउनुपर्ने खाँचो महसुस गर्नुहुँदै अब त्यो सघर्ष कुनै पनि हालतमा पूरा गरिछाड्ने पनि बताउनुभएको छ । साथै उहाँले महिलाहरुको सहभागितालाई कमजोर ढंगले नुबझिदिन र नलिईदिनुहुन पनी सम्बद्ध सबैमा अपिल गर्नुभएको छ ।

त्यस्तै, हालै भइरहेका एनआरएनएका विभिन्न क्षेत्रीय सम्मेलनमा महिलाहरुको न्यून उपस्थिति भएको, महिलाहरुको लागि समय नछुट्याएको र समावेश गर्नमा खासै ध्यान नदिएको विषयले आफूलाई निकै चिन्तित तुल्याएको भन्दै अधिकारीले आगामी दिनमा त्यस्तो गल्ती नगर्न र महिलाहरुलाई प्राथमकिता दिन पनि आग्रह गनुभएको छ ।