एनआरएन

ग्लोबल गोरखा समाजको अधिवेशन यही शनिबार हुँदै: ५ सदस्यीय विधान संशोधन समिति गठन

काठमाडौ । ग्लोबल गोरखा समाजले विधानलाई ब्यापक छलफल गरि आवश्यक संशोधनको लागि ५ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । विधान समिति संयोजकमा एनआरएनएमा तीन कार्यकाल विधान समितिमा काम गरिसक्नु भएको हरिहर अर्याल , सदस्यहरुमा एनआरएनए आइसिसी संरक्षक रामप्रताप थापा , एनआरएनए मानार्थ सदस्य डिल्ली ढकाल , एनआरएनए नेपाली भाषा प्रवर्द्धन उपसमित संयोजक कृष्ण लामिछाने , नेपाली समाज कतारका संस्थापक बुधबल गुरुङ र कानुनी सल्लाहकारमा ङासुराम पराजुली हुनुहुन्छ ।
समाजको यही शनिबार अर्थात १७ अक्टोबर २०२० मा जुम भर्चुवल माध्यमबाट अधिवेशन हुँदैछ । ग्लोबल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागि हुनुहुनेछ । पूर्वप्रधानमन्त्री भट्टराईले जुम भर्चुअल माध्यमबाट हुने अधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्नुहुनेछ।
त्यस्तै , कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा गोरखाका नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथिको रुपमा सहभागि हुनुहनेछ । साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे , एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , एनआरएनएका अध्यक्ष कुमार पन्त , एनआरएनएका संरक्षक रामप्रताप थापा , दिलबन्धु पोखरेल लगायत देश विदेशबाट विभिन्न अतिथिहरु पनि सहभागि हुने तय भएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।