Uncategorized

गोरखामा स्थानीय तहका प्रमुखसँग ग्लोबल गोरखा समाजको छलफल, तत्काल स्वास्थ्य सामाग्री सहयोग गरिने

काठमाडौं ,ग्लोबल गोरखा समाजले गोरखा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि प्रमुखहरुसँग छलफल गरेको छ । गोरखा जिल्लाका सबै स्थानीय तहमा एक एक लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको विषयमा समाजले स्थानीय तहका प्रमुखहरुसँग छलफल गरेको हो । जुममार्फत आयोजना गरिएको छलफल कार्यक्रम कोभिड-१९ को वर्तमान अवस्थामा स्थानीय तहमा के कस्ता स्वास्थ्य सामाग्री आवश्यक छ सोहीअनुसार सामाग्री पठाउने तयारी गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले जानकारी गराउनुभयो।
अध्यक्ष अधिकारीका अनुसार यसअघि ग्लोबल गोरखा समाजको बैठकले कोभिड-१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि ९ वटै गाउँपालिका र २ वटा नगरपालिका लाई एक एक लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग गर्ने निर्णय गरेको र स्थानीय जनप्रनिधि प्रमुखहरुसँग छलफल गरिएको हो । सो अवसरमा गोरखा नगरपालिका प्रमुख राजन राज पन्त, पालुंङटार नगरपालिका प्रमुख ई.दिपक बाबु कडेल, भिमसेन थापा गाँऊपालिका प्रमुख ईश्वर पाण्डे, आरुघाट गाँऊपालिका प्रमुख पुर्ण बहादुर दाहाल  ,चुमनुर्वी गाँऊपालिका प्रमुख धन बहादुर गुरुङ, बारपाक सुलिकोट गाँऊपालिका प्रमुख विष्णु प्रसाद भट्ट, गण्डकी गाउँपालीका प्रमुख होम बहादुर राना, सहिद लखन गाँऊपालिका प्रमुख रमेश थापा, धार्चे गाँऊपालिका प्रमुख सन्तोष गुरुङ, अजिरकोट गाँऊपालीका प्रमुख फणिन्द्र धिताल, सिरानचोक गाँऊपालिका प्रमुख राजु गुरुङ लगाएतको सहभागिता हुनु भएको थियो । स्थानीय तहका प्रमुखहरुले आफूहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको पहिचान गरेर छिट्टै पठाउने र सोहीअनुसार सहयोग उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो ।
 साथै प्रमुखहरुले आइसोलेसनकोे ब्यवस्थापन गर्न आवश्यक रहेको, सार्वजनीक स्थलमा हात धुने पानी ट्यान्की लगाएत आधुनिक प्रविधीका हात धुने मेसिनहरु आवश्यक रहेको तर केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई सहयोग नगरेको गुनासो पनि गर्नुभएको थियो । छलफल कार्यक्रममा ग्लोबल गोरखा समाजका उपाध्यक्ष गोकर्ण प्रसाद ढकालले गोरखा जिल्लाको पर्यटन प्रर्बद्धन तथा विकासको लागि आफूहरुको सहयोग हुने बताउनुभएको थियो । साथै अर्का उपाध्यक्ष यदु लामिछानेले प्रवासबाट गोरखा जिल्लाको आर्थिक, सामाजीक र साँस्कृतिक विकासमा सहयोग गर्न समाज तयार रहेको बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष आकाश बन्जरा र सह-कोषाध्यक्ष बम बहादुर गुरुङले गोरखाका स्थानीय तहमा स्वास्थ्य सामाग्री सहयोगको लागि रकम संकलन भइरहेको जानकारी गराउनुभएको थियो । कार्यक्रम सन्चालन महासचिव त्रिलोचन पोखरेल ले गर्नु भएको थियो भने ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष जय प्रकाश गुरुङको पनि उपस्थिति रहेको थियो साथै गोरखाको विकाशको लागी आफु सधै आम गोरखालीहरु संग हातेमालो गर्न तयार रहेको व्यहोरा पनि जानकारी गराऊनु भयो ।