समाचार

News24 टेलिभिजनमा रहेर काम गरेका पत्रकार देवकोटा ग्लोबल गोरखा समाजको प्रवक्तामा मनोनित

पोर्चुगल, ग्लोबल गोरखा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदको दोस्रो महाधिवेशन पछि मिति २०२०/११/१२ तारिखका दिन समाजका अध्यक्ष विनय अधीकारीको अध्यक्षतामा बसेको ग्लोबल गोरखा समाजको सचिवालयको बैठकले संस्थाको प्रवक्ताको टुन्गो लगाएको सचिव विराट खनालले जानकारी दिनु भएको छ। सचिवालय बैठकमा पत्रकारिता क्षेत्रमा आफुलाई स्थापित गराएका ३ जना व्यक्तित्वहरुको नाम प्रस्तावित भएकोमा यादव देवकोटा (पोर्चुगल)मनोनित हुनु भएको छ।
अत्यन्तै शालीन,भद्र स्वभावका पत्रकार यादव देवकोटा को ईन्ट्रि संगै ग्लोबल गोरखा समाजले एऊटा ऊँचाई पक्कै हासिल गर्ने विश्वास एक सदस्यले बताऊनु भएको छ। सचिवालयको आजको बैठकले आज नै ताईवान बाट सफल व्यवसायी,सामाजिक व्यक्तित्व रिचार्ड दोर्जे लामा, गोरखाली समाज युकेका अध्यक्ष कर्ण बहादुर दर्लामी थापा मगर र अमेरिका बाट विश्वकै बहु चर्चित च्यानल CNN मा कार्यरत न्युज प्रोडुक्सर सुगम पोखरेल लाई केन्द्रिय सदस्यमा सचिवालय ले सिफारिस गरेको छ । त्यस बैठकले गोरखाका स्थानिय निकायमा स्वास्थ्य सामाग्री पठाऊने सन्दर्भमा PPE सेट, थर्मल गन र माक्स लाई प्राथमिकतामा राखेको विषय समाजका ऊपाध्यक्ष तथा स्वास्थ्य विभाग संयोजक गोकर्ण प्रसाद ढकाल ले जानकारी गराऊनु भयो। ढकालका अनुसार अब फ़ास्ट ट्रयाक्क बाट स्वास्थ्य सामाग्री पठाईने तयारी रहेको पनि बताऊनु भयो।
आज नै संस्था दर्ता प्रक्रियाको बारेमा ऊपाध्यक्ष द्वय गोकर्ण प्रसाद ढकाल (हङकङ) र यदु लामिछाने (दक्षिण कोरिया) लाई संरक्षक मण्डल संग समन्वय गरेर दर्ता प्रक्रियाको ज़िम्मा दिईएको विषय महासचिव त्रिलोचन पोखरेल ले जानकारी गराऊनु भयो। समाजका कोषाध्यक्ष आकाश बन्जाराले पनि कार्यसमितिका साथीहरुको सहयोगमा गोरखाका स्थानिय निकायमा दिन लागीएको स्वास्थ्य सामाग्री ख़रीद प्रक्रिया र आर्थिक पाटोको बारेमा सचिवालयमा बताऊनु भयो। अन्य ऊपस्थितहरुमा ऊपाध्यक्ष नारायण भट्ट (अमेरिका), सह-कोषाध्यक्ष बम गुरुङ (बेलायत) ऊपस्थित हुनु भएको सचिव सकुन्तला गुरुङ (बेलायत) ले जानकारी दिनु भएको छ। यसैगरी सचिव विराट खनालले संस्था प्रति विश्वभर छरिएर रहेका गोरखालीहरुको आकर्षण अत्याधिक रहेको र सयौ म्यासेजहरु सदस्यता बन्ने प्रक्रियाको बारेमा जिज्ञासा स्वरुप समाजको फ़ेसबुक पेज आएको जानकारी दिनु भयो , साथै संस्थाले छिट्टै अब अनलाईन फ़ारम मार्फ़त रजिस्ट्रेशन प्रक्रिया तिर जानु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।