समाचारसूचना प्रबधि

ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री

स्पेन ,ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई आज स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।जिल्लामा रहेको ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई  एक कार्यक्रम गरि स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिनु भयो ।
गोरखा बजारमा आयोजित सस्थाका नेपाल प्रतिनिधी बिनोद पोखरेलले जिल्लाका सबै स्थानिय तहलाई मास्क र ज्वराे नाप्ने थर्मल गन हस्त्तान्तरण गर्नु भएको समाजका उपाध्यक्ष एवं स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक गोकर्ण प्रसाद ढकालले जानकारी दिनु भयो ।
समाजको हालै सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले गोरखाका सबै तहमा स्वास्थ्य सामाग्री दिने निर्णय गरे लगत्तै स्थानिय तहलाई सो सामाग्री सहयोग हस्तान्तरण गरीएको हो । समाजले  ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको समाजका कोषाध्यक्ष  तथा कालिका दैनिकका निर्देशक आकाश बन्जाराले टेलिफोनमा जानकारी दिनु भयो ।
जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ ।
त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति गोरखालाई ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो भने सबै स्थानिय तहलाई  जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा सबै स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको समाजका सचिव विराट बाबु खनालले  जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रम हुनु अगाडि समाजले पत्रकार सम्मेलनको आयोजना गरि कोरोनाले नेपालमा परेको असर र समाजको तर्फबाट गर्न सक्ने योगदानको बारेमा छलफल भएको समाजका प्रबक्ता यादव देवकोटाले जानकारी दिनु भयो समाजले यस अगाडी पनि गोरखाको विभिन्न स्थानमा सहयोगहरु गर्दै आएको  ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनय अधिकारीले जानकारी दिनुभयो । सो समाजमा गोरखामा जन्मिएर बिश्वभर रहेका नेपालीहरु संगठित भएका छन ।
ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको पदाधिकारी र केन्द्रिय सदस्यहरु तपशिल रहनु भएको छ। 
१, विनय अधिकारी (अध्यक्ष,बेलायत, गण्डकी गापा)
उपाध्यक्षहरु 
२, गोकर्ण ढकाल (हङकङ, सिरानचोक गापा)
३, नारायण भट्ट (युएसय, भिमसेन गापा )
४, यदु लामिछाने (द. कोरिया, शहिद लखन गापा)
५, श्री कृष्ण भट्ट ( दुबई)
६, बिनिता रेग्मी खनाल (स्पेन)
७, रश्मी थापा मगर (क्यानडा)
८, त्रिलोचन पोखरेल (महासचिव,अष्ट्रेलिया)
सचिवहरु 
९, विराट बाबु खनाल (गण्डकी,जापान)
१०, शकुन्तला गुरुङ (सिरानचोक,बेलायत)
११, प्रकाश बन्जारा (कतार)
१२, आकाश बन्जारा (कोषाध्यक्ष,हङकङ, आरुघाट)
१३, बम बहादुर गुरुङ सह कोषाध्यक्ष, बेलायत, गण्डकी)
१४, यादव देवकोटा (प्रवक्ता,भिमसेन ,पोर्चुगल)
१५,बिनोद पोखरेल (नेपाल संयोजक,पा,न.पा.)
 केन्द्रीय सदस्यहरु 
१६, दिल गुरुङ
१७, रितार दोर्जे लामा (ताईवान)
१८, ऊर्मिला घले (हङकङ )
१९, कृष्ण प्रसाद बगाले
२०, प्रकाश बस्ताकोटी (अष्ट्रेलिया)
२१, कमला लम्साल काप्री (जापान, शहिद लखन)
२२, सन्जिव पन्त (युएसए, गण्डकी )
२३, विष्णु प्रसाद पन्त (युएसए, गण्डकी)
२४, खगेश्वर अधिकारी
२५, प्रकाश भट्टराई
२६,  कुल बहादुर वस्ती
२७, प्रताप बगाले
२८, ज्ञानेन्द्र न्यौपाने
२८,  रामचन्द्र ढकाल
३०, बासु अर्याल (गो.न.पा,जर्मनी)
३१,  हरि थापा (पोर्चुगल)
३२, देवी प्र. अधिकारी (
३३, मनिशा भट्ट (स्पेन)
३४, मोती गुरुंग (जापान ,अजिरकोट)
३५, राम घले
३६, मनोहर रेग्मी
३७, सुरेन्द्र काप्री
३८, किरण बहादुर गुरुङग
३९, कर्ण मगर
४०, रामजी खत्री (पालुङटार, हाल कतार)
४१, डा. सृष्टि पोखरेल
४२, बिनिता अर्याल
४३, पदम गुरुङ
४४, शंकर लामिछाने
४५, रमेश गुरुंग
४६, निर्मला अधिकारी
४७, खोप गुरुङग
४८, तुल्सी अँगाई
४९, विक्रम घिमिरे

प्रमुख संरक्षक 

भवन भट्ट, एनआरएनए पूर्व अध्यक्ष

संरक्षकहरु

कुमार पन्त,एनआरएनए अध्यक्ष

जयप्रकाश गुरुङ,ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष

कृष्ण लामिछाने,एनआरएनए नैतिक पाठशालाका संयोजक

हरिहर अर्याल,एनआरएनए पूर्व विधान समितिका सदस्य

रामप्रताप थापा,एनआरएनए संरक्षक

डा.विष्णुमाया परियार , एनआरएनए आइसिसी सदस्य

सल्लाहकारहरु

डा . कुमोध धिताल ( अष्ट्रेलिया )

डा.प्रदिप वाग्ले ( अमेरिका )
डा.राघव धिताल ( युके )
 डा.ठाकुर भट्टराई ( अष्ट्रेलिया )
इन बहादुर गुरुङ ( हङकङ )
बुधवल गुरुङ ( कतार )
डिल्ली ढकाल ( अष्ट्रेलिया )
निर्मल अर्याल ( फ्रान्स )
पितम गुरुङ ( स्विजरल्याण्ड )
मोहमद रामजान अलि मिया ( कतार )
ठाकुर ढकाल ( अमेरिका )
राकेश श्रेष्ठ ( हाल कतार )
चुडामणी भट्टराई ( जापान )
विकल चन्द्र आचार्य ( युके )
तिलकुमारी गुरुङ ( युके)
मनिश कुमार अमात्य ( जापान )