प्रबास

विश्वभरका नेपाली जनसम्पर्क समितीका सभापतिहरुको चेतावनी: कम्युनिष्ट सरकारको दिनगन्ती सुरु भयो ताजा समाचारहरु नेकपा सरकारको निरङ्कुश कार्य अत्यन्त निन्दनीय एवं खेदजनक छ -बालकृष्ण खाण मङ्सिर-१७/२०७७, बुधबार नेकपा सरकारको निरङ्कुश कार्य अत्यन्त निन्दनीय एवं खेदजनक छ -बालकृष्ण खाण विश्वभरका नेपाली जनसम्पर्क समितीका सभापतिहरुको चेतावनी: कम्युनिष्ट सरकारको दिनगन्ती सुरु भयो मङ्सिर-१७/२०७७, बुधबार विश्वभरका नेपाली जनसम्पर्क समितीका सभापतिहरुको चेतावनी: कम्युनिष्ट सरकारको दिनगन्ती सुरु भयो पौडेलको गिरफ्तारी बिरोधमा नेविसंघ खोटाङ र तरुण दलद्वारा राँके जुलुस मङ्सिर-१७/२०७७, बुधबार पौडेलको गिरफ्तारी बिरोधमा नेविसंघ खोटाङ र तरुण दलद्वारा राँके जुलुस प्रधानमन्त्रीमाथी गगन थापाको आक्रोश: पौडेलको गिरफ्तारी तपाईँको लागि महँगो पर्नेछ मङ्सिर-१७/२०७७, बुधबार प्रधानमन्त्रीमाथी गगन थापाको आक्रोश: पौडेलको गिरफ्तारी तपाईँको लागि महँगो पर्नेछ तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले नेपाली कांग्रेसका बरिष्ठ नेता  रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता तथा  पुर्व  सांसद रामचन्द्र पोख्रेल लगाएतका नेताहरु घाइतेहुने गरि भएको दमन र हस्तक्षेपको घोर आपत्ति जनाएका छन । 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायतका कांग्रेस नेता माथी तनहुँमा भएको प्रहरी दमन र हस्तक्षेपको कडा निन्दा र भर्त्सना गरेका छन । दमन र गिरफ्तारी वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको विद्रुप रुप भएको आरोप लगाएका छन ।

कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ। आजको यस घटना सर्वसत्ताबादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेका छन । 

लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने,आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने आधारभूत हक,अधिकारको सुरक्षा गरिएको हुन्छ। आफ्नै सरकारको पालामा निर्माण सम्पन्न भएको पूल उद्घाटन गर्न जाने क्रममा नेपाली कांग्रेसका नेतामाथि ओली सरकारको ठाडो निर्देशनमा भएको यस किसिमको प्रहरी हर्कत,धरपकड र गिरफ्तारीले सरकारको अधिनायकवादी अनुहार र चरित्र समेत उदांगो सम्पूर्ण जनसंपर्क समितिका सभापतीहरुको ठहर भएको जनसंपर्क समिती क्यानाडाका सभापती  बुद्दी प्रकाश ओलीले बताए । 

पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि आज भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ती आजको घटनाबाट सुरु भएको चेतावनी दिएका छन ।

मोटरेवल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका काङ्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँ प्रहरिले नियन्त्रणमा लिएको थियो। 

विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु: 

१ आनन्द बिष्ट , आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस अमेरीका 

२ बालकृष्ण पाण्डे आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस भारत 

३ सीता सापकोटा , सभापति नेजस बेल्जियम 

४ लेख बहादुर गुरुङ सभापति नेजस मकाउ 

५ पदम सुन्दर गुरुङ सभापति नेजस बहराइन 

६ खगेश्वर अधिकारी सभापति नेजस इजरायल

७ शिखर खड्का सभापति नेजस जर्मनी

८ सिता अर्याल सभापति नेजस साईप्रस

९ डा एलिनी पोख्रेल सुवेदी सभापति नेजस पोल्याण्ड

१० शुक्रराज न्यौपाने नेजस अाईरल्याण्ड 

११ शंकर न्यौपाने काबा सभापति नेजस कतार 

१२ आस्थाबिन्दु मल्ल सभापति नेजस दक्षिण कोरिया 

१३ बिनोद घिमिरे सभापति नेजस पोर्चुगल

१४ ईन्द्र शर्मा सभापति नेजस स्पेन

१५ मीन गुरुङ सभापति नेजस हङकङ

१६ युवराज गुरुङ सभापति नेजस बेलायत

१७  बुद्धी प्रकाश ओली सभापति नेजस क्यानाडा

१८ प्रेमजङ गुरुङ सभापति नेजस नेदरल्याण्ड

१९ सुधिर राना सभापति नेजस फ्रान्स 

२० जितेन्द्र शाहि सभापति नेजस नर्वे 

२१ शालिक चापागाई काबा सभापति नेजस ओमन

२२  भुवानी प्रसाद तिमिल्सिना सभापति नेजस यूएई 

२३  राजेन्द्र रसाईली बिरही सभापति नेजस कुवेत 

२४  रोशन के सी सभापति नेजस जापान 

२५  बालकृष्ण सापकोटा सभापति नेजस लकजेम्बर्ग 

२६  बुद्धिसागर घिमिरे सभापति नेजस न्यूजील्याण्ड

२७  दीपक रेग्मी सभापति नेजस साउदी अरेबिया 

२८  नबिन थपलिया सभापति नेजस स्विडेन

२९  श्याम सापकोटा सभापति नेजस स्विजरल्याण्ड 

३०  चोला कान्त पंगेनी सभापति नेजस मलेसिया 

३१  बिरेन्द्र सिंह कार्की सभापति नेजस डेनमार्क 

३२  राजन कुमार जमकटेल सभापति नेजस चीन

३३  कृष्ण गिरी सभापति नेजस अष्ट्रेलिया

३४ राजन चापागाई (कावा) नेजस इटली

३५ सन्देश के सि नेजस माल्टा