समाचार

गोरखाबाट केपि ओलीलाई नेवि संघ गोरखाका सभापति सुवास अधिकारीले चेतवानी दिदै कम्युनिष्ट सरकारको दिन गन्ति सुरु



गोरखा १९, मंसिर : गोरखाबाट केपि ओलीलाई नेवि संघ गोरखाका सभापति सुवास अधिकारीको खुला, कडा चेतावनी दिनुभएको छ ।   काँग्रेस बरिष्ट नेता पौडेलको गिरफ्तारी प्रति बिहिबार गोरखामा बिरोध प्रर्दशन कार्यक्रमा उह्ाँले केपी ओलीलाई खुल्ला चेतावनी दिनु भएकोहो ।  तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका अरु केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । त्यहाँको प्रशाशन समेत नेकपाको कालिन्दा बनेर उभिएको उहाँले बताउनु भएको छ । आफ्नै पहलमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्न नपाउने यो कस्तो कानुन हो भनेर समेत उहाँले प्रश्न गर्नु भएको छ । गोरखाको सडकममा मात्र नभई देश भरिका सडकबाट नेपाल विधार्थी  संघ उत्रिएको उहाँले बताउनु भएको छ । राजा , राणा  समेत फालेको संगठनलाई कमजोर नठान्न प्रधान मन्त्री ओलीलाई खृल्ला चुनौती दिनु भएको छ ।

उहाँले भन्नु भयो , युवाहरुको शरिरमा पानी बगेको छैन , रगत बगेको छ , यो रगतलाई उमाल्ने कोशिश कदापी नगर्नहोला , यो रगलाई थेग्ने रगत केपी सरकार छैन । आडम्बरले चुलिएको सरकारसँग यो आदिवेरी रोक्न सक्ने तागत नर्भएको भन्दै  अधिकारीले गोरखाका मुख्य सडकबाट केपी आलीलाई खुल्ला चुनौती दिनुभएको छ । पहिले आफ्नो विग्रिएको घर समाल्नुस, प्रचण्डले ल्याएको प्रतिवेदन सारा जनताले देखिसकेको अवस्था रहेको , ओलिको राष्ट्रवाद छर्लङ्गग च्यातिएको अधिकारीको भनाई रहेको छ । अहिले सारा जनता केपी ओलको  गतिविधिले देशभरिबाट उर्लिएको अवस्था छ ,अव पनि नसच्चिए सिंहदरवारबाट कठाला समातेर सडकमा लेराउन मात्र बाकी रहेको भन्नु भएको छ ।