समाचार

कृषि क्षेत्रको नमुना जिल्लाको रुपमा गोरखालाई विकाश गर्न सकिने विज्ञहरुको प्रतिबद्धता:भिडियो सहित

लण्डन, ग्लोबल गोरखा समाज, अन्तराष्ट्रिय समन्वय परिषदले यहि मिति २०२०-१२-१३ तारिख आईतबारका दिन“ विकासका लागी बहस” कार्यक्रम स्वदेश तथा विदेशमा रहेका गोरखाली कृषि विशेषज्ञहरु संग जुम प्रविधि मार्फत सम्पन्न गरेको हो ।

विनय अधिकारीको अध्यक्षतामा रहेको समाजले ऊपाध्यक्ष सहित कृषि विभागको जिम्मेवारी हाल अमेरिका निवासी सफल व्यवसायी नारन भट्ट लाई दिए पश्चात पहिलो चरणमा गोरखा र गोरखाली कृषकहरु लाई प्रवासमा तथा स्वदेशमा रहेका गोरखाली कृषि विशेषज्ञहरु र ग्लोबल गोरखा समाजले कसरी टेवा पुर्याऊन सकिन्छ,र आधुनिक प्रणालीको कृषिमा कसरी सिन्गो गोरखालाई आत्मानिर्भर बनाऊन सकिन्छ भन्ने हेतुले सो अन्तरक्रिया कार्यक्रम गरिएको बताईएको छ।

समाजका प्रवक्ता समेत रहेका पत्रकार यादव देवकोटा कार्यक्रम प्रस्तोता रहेको कार्यक्रममा, प्रविधिमा भने ऊपाध्यक्ष सहित स्वास्थ्य विभागको ज़िम्मेवारी समालि रहनु भएको गोकर्ण प्रसाद ढकालले सहयोग गर्नु भएको थियो भने महासचिव, अन्य ऊपाध्यक्ष, कोषाध्यक्ष लगाएत अन्य पदाधिकारीहरुको पनि ऊपस्थिति रहेको बताईएको छ।

आमन्त्रित व्यक्तित्वहरुमा वरिष्ठ कृषि अर्थविद नेपाल सरकार, कृषि तथा पशुपन्छि विकाश मन्त्रालय,राष्ट्रिय किसान आयोग काठमाडौका डाल प्रसाद पुडासैनी, समाजका सल्लाहाकार द्वय डा. ठाकुर भट्टराई (सिनियर वैज्ञानिक, कार्बन लिन्क अष्ट्रेलिया, सिनियर रिसर्च फेलो, सिक्यु युनिभर्सिटि अष्ट्रेलिया) डा. प्रदिप वाग्ले (वैज्ञानिक युएसडिए ,अमेरिका), डा. एलपि अँगाई (डिन एग्रिकल्चर, फार वेस्टन युनिभर्सिटि,टिकापुर कैलालि ), डा. कृष्ण देवकोटा (उप-प्राध्यापक UM6P विश्व विधालय,मोरक्को ) र धर्म प्रसाद तिवारी (नर्सरी विशेषज्ञ,विजनेश ईन्भेष्टर,जापान) लगाएत रहनु भएको बताईएको छ।

वरिष्ठ अर्थविद समेत रहनु भएका पुडासैनीले आफ्नो धारणा राख्दै सरकारी तथ्याङक अनुसार नेपालमा ६४% जनसङख्या कृषिमा आश्रित छ भनिएपनि, राज्यले सो क्षेत्रलाई २% सम्मपनि बजेट नछुटाऊनुले नेपाल र नेपालीले आज सम्म कृषिमा उल्लेख्य प्रगती गर्न नसकेको र गोरखाको विकाशको बारेमा बहस गर्दै गर्दा कृषि संगै गोरखा ऐतिहासिक थलोको रुपमा पनि रहेको र गोरखाको विकाशको लागी कृषि,शिक्षा,पर्यटन को काम संग संगै गर्न सकिए सहज ढंगले रोजगारी सिर्जना गर्न सकिने तर आज सम्म कृषि क्षेत्र हेलाको क्षेत्र बनेको र स्थानिय सरकार संगको सहकार्यमा कम्पनी मोडलमा कृषि र पर्यटन क्षेत्रमा काम गर्न सके कामको दिगोपना संग संगै गोरखाको विकाशका लागी टेवा पुग्ने धारणा व्यक्त गर्नु भएको बताईएको छ।

डा. एलपि अँगाईले आफ्ना विचार राख्दै समग्र नेपाल र गोरखाको कृषि क्षेत्र एऊटै रहेको र कृषिका लागी टु वय नेटवर्कीको विंषयमा ध्यान पुर्याऊदै कृषि सडक संन्जाल विस्तार नहुनुले पनि यो क्षेत्र गोरखाको सन्दर्भमा चुनौतीको विषय भएको र जुन सुकै काम गर्दा पनि हामी कहाँ प्रफेक्ट काम गर्ने शैली नभएर काम चलाऊ शैली मात्र भएकोले कृषि क्षेत्रमा आज सम्म उल्लेख्य प्रगती नभएको बताऊनु भएको जानकारी हुन आएको छ।

डा. कृष्ण देवकोटाले आफ्ना विचार राख्दै अब प्रवासमा रहेका कृषि संग जानकार राख्नेहरुले एक कठ्ठा जमिनमा भएपनि नमुना कृषि खेती गरेर देखाऊनु पर्ने,कृषिमा राज्य र स्थानिय निकाय सरकारले मल,जल,बिऊ र कृषकलाई प्रोत्साहनको निति लेराऊन पर्ने,” राम्रो रोटी पकाऊन जान्ने लाई राम्रो ताईको व्यवस्था हुन पर्ने”,कृषि पेशामा लागेकाहरुले कृषि डायरीको पनि व्यवस्था गर्दै अगाडि बढ्न सके भावी पुस्तालाई पनि व्यवसायिक कृषी गर्न प्रेरणा मिल्ने र समग्र गोरखा जिल्लालाई एग्रो टुरिजमको रुपमा पनि विकाश गर्न सकिने धारणा व्यक्त गर्नु भएको बताईएको छ।समाजका सल्लाहकार समेत रहनु भएका डा.ठाकुर भट्टराई आफ्ना विचार राख्दै विगतका दिनमा पनि आफुले प्रवासमा रहेर नेपाल सरकारका कृषि संग सम्बन्धित विभिन्न तहमा रहेका निकायहरु लाई आफुले प्रवासमा रहेर अध्ययन,अनुसन्धान संग सगै काम गरि रहेका आधुनिक कृषि प्रणालीको बारेमा प्रयाप्त ज्ञानहरु दिने गरेपनि सो ज्ञानहरु ग्रामिण क्षेत्रमा रहेका कृषकहरु सम्म पुग्न नसक्नुले ,नेपालको सन्दर्भमा आफुले दक्षता हासिल गरेको विषयवस्तु अनुसारको काम (एप्लाई) नगर्नुले, मार्केटको ग्यारेन्टि नहुनुले,कृषिमा विमाको निति नहुनुले लगाएतका कुनै पनि पेशामा लाग्नेहरुको लागी राज्य संग स्पष्ट निति नहुनुले र निति भएमा पनि कार्यान्वयन गर्न पर्ने तहले कार्यान्वयन गर्न नसक्नुले आज सम्म सिन्गो नेपालले कृषिमा प्रगती गर्न नसकेको र नेपालको ऊत्पादन विदेशी बजार सम्म सहज ढंगले पुग्न नसकेको विचार व्यक्त गर्नु भएको बताईएको छ,डा. भट्टराईले प्रवासमा रहेर आफुले सिकेका ज्ञान र सिप मातृभुमीलाई दिन चाहे पनि लिग्ने पक्षले हामीले सिकेका ज्ञान र सिपहरु सम्मको प्रयाप्त ज्ञान नहुनुले पनि दिनको लागी समस्या रहेको र ग्लोबल गोरखा समाजले गोरखा जिल्ला सम्म र सिन्गो नेपालमा हामीले सिकेका ज्ञान र सिपहरु दिगो ढंगले लान चाहन्छ भने आफु तयार रहेको तर यसको लागी संस्थाले आवश्यक पहल गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भएको जनाईएको छ।

त्यसैगरी समाजका अर्का सल्लाहकार (वैज्ञानिक युएसडिए,अमेरिका) का डा. प्रदिप वाग्ले ले आफ्ना धारणा राख्दै प्रवासमा रहेर पनि विगत लामो समय देखि नेपालको कृषि क्षेत्रलाई टेवा पुर्याऊने ऊदेश्यले अमेरिकामा रहेका कृषि विशेषज्ञहरुको प्रयासले नाफा नामक संस्था खोलिएको र सो संस्थाले गोरखा जिल्लाको कृषिको लागी कसरी सहयोग गर्न सकिन्छ आफुले सोचि रहेको र समाजले पुलको काम गरिदिए आफु आबद्द रहेको संस्थाले नमुना जिल्लाको रुपमा गोरखामा आफ्नो संस्था काम गर्न तयार रहेको र आफ्नो संस्थाको ऊदेश्य “कृषि क्षेत्रमा क्षमता विकास” कसरी गर्न सकिन्छ त्यो रहेको र आफु आबद्द रहेको संस्था गाँऊ गाँऊमा जोडिएर काम गर्न चाहेको र गोरखाको हकमा पाईलट प्रोजेक्टको रुपमा संस्थालाई काम गराऊने र त्यसको लागी स्थानिय निकाय संग समन्वय गर्दै हरेक स्थानिय निकाय संग कृषि अधिकृत भएको खण्डमा काम गर्न सहज हुने पनि धारणा व्यक्त गर्नु भएको बताईएको छ, साथै डा. वाग्ले ले समाजलाई स्थानिय निकायमा कृषि अधिकृतहरु भए नभएको बुझिदिनको लागी र गोरखाका सम्पुर्ण स्थानिय निकाय संग एकपटक आफु आबद्द रहेको संस्था संग अन्तरक्रिया गराईदिन पनि अनुरोध गर्नु भएको बताईएको छ ।

लामो समय स्थानिय लेभलमा रहेर कृषि नर्सरीको काम गर्दै आऊनु भएका कृषि नर्सरी विशेषज्ञ धर्म प्रसाद तिवारीले आफ्नो धारणा राख्दै आफु विगतका दिनमा १४/१५ बर्ष कृषि नर्सरी पेशामा आबद्द रहेको र केहि समयको प्रवास बसाई पश्चात पुनः स्थानिय स्तरबाट नै सोहि पेशामा आबद्द हुन चाहेको र सोहि पेशालाई पुर्न ताजकी दिन आफु लागी परेको र यो क्षेत्रकों लागी आफु संग युनिभर्सिटि लेभलको ज्ञान नभएपनि कामको ज्ञान रहेको र आगामी दिनमा स्वदेशमा नै रहेर गोरखा लाई नै आधार बनाएर आफु यो पेशामा दत्त चिंत्त भएर लाग्ने वातावरण बनाऊन लागी रहेको समयमा ग्लोबल गोरखा समाजले कृषि क्षेत्रको लागी देखाएको चासो ढुन्गा खोज्दा देवता मिलेको महसुस भएको विचार व्यक्त गर्नु भएको कुरा समाजका सचिव विराट खनाल ले जानकारी दिनु भएको छ ।