समाचार

एनआरएनमा पहिलो कोभिड खोप लिने क्यानडा अध्यक्ष चिरञ्जीवी घिमिरे

टोरन्टो, क्यानडा

गैरआबासिय  नेपाली संघ  क्यानडाका अध्यक्ष चिरन्जिबि घिमिरेले डिसेम्बर १७ तारिक बिहान क्यानडा सरकारले ब्यबस्थापन गरेको कोभिड -१९ को टोरन्टोमा अबस्थित The Michener Institute मा खोप लगाई सकेका छन्। कोभिड -19 खोप लगाउने एन सि सि अध्यक्षहरुमा उनि पहिलो नेपाली हुन।

कोभिडको बेलामा अत्यन्तै उत्कृस्ट काम गरेका अध्यक्ष कोभिड सम्बन्धि बिभिन्न सुचनामुकल सामाग्रीहरु एनआरएन क्यानडा तथा आफनो ब्यक्तिगत सोसल मिडिया तथा अन्य माध्यम बाट प्रचार प्रसार गर्दै आईरहेका छन्।

टोरन्टो सिटि मा पब्लिक हेल्थमा कार्यरत भएको कारणले घिमिरे छिटो खोप पाएको जनाकारी प्राप्त भएको छ। कोभिड खोप लगाउन उत्सुक रहेको र लगाईसके पछि खुसि भएको उनको फेसबुक स्टाटसबाट देख्न सकिन्छ। उनले लेखेका छन”
कोभिड -१९ को खोप लगाउने अबसर प्राप्त भएकोमा क्यानडा सरकार , पब्लिक हेल्थ, टोरन्टो सिटि र Pfizer लाई बिशेष धन्यबाद दिन चाहन्छु।”