समाचार

ग्लोबल गोरखा समाजको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न

ग्लोबल गोरखा समाजले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको २९९ औ जन्मजयन्तिको अवसर पारेर पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस भर्चुअल माध्यमबाट भव्यताका साथ सम्पन्न गरेको बताईएको छ।

संस्थाका अध्यक्ष विनय अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा जगमान गुरुङ(ऊपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान, सस्कृतिविद) विशेष अतिथिहरु राजनराज पन्त (मेयर, गोरखा नगरपालिका) दिपक बाबु कडेल (मेयर, पालुङगटार नगरपालिका) डा. नवराज कट्टेल (संस्कृतिविद), ऋषी ढकाल( अवैतानिक महावाणिज्यदुत, क्यालिफोर्निया, अमेरिका),हरिहर अर्याल (संरक्षक, विधान समिति संयोजक GGS) कृष्ण लामिछाने ( संरक्षक, विधान समिति सदस्य GGS) अतिथिहरु पितम गुरुङ, डा. विकल चन्द्र आचार्य र तिल माया गुरुङ सल्लाहकार परिषद सदस्यहरुको ऊपस्थित रहेको जनाईएको थियो भने व्यवस्था बाबजुद कार्यक्रममा ऊपस्थित हुन नसकेपनि प्रमुख संरक्षक, भवन भट्ट संरक्षक, विधान समिति सदस्य राम प्रताप थापा, सल्लाहकार निर्मल अर्याल लगाएतले कार्यक्रमको सफलताको शुभकामना सन्देश दिनु भएको बताईएको छ।

संस्थाका महासचिव त्रिलोचन पोखरेल सहजकर्ता रहनु भएको कार्यक्रममा संस्थाको तर्फबाट अतिथिहरु लाई स्वागत मन्तव्य ऊपाध्यक्ष द्वय गोकर्ण प्रसाद ढकाल र जानुका रेग्मीले दिनु भएको बताईएको छ। कार्यक्रममा विश्वका विभिन्न देशमा छरिएर रहेका गोरखालीहरुको बाक्लो ऊपस्थिती भएको पनि बताईएको छ। प्रमुख अतिथि गुरुङले गोरखालीहरुले आफुलाई यो अवसर पारेर सम्झिएकोमा विशेष धन्यवादका साथै कार्यक्रमको विषयवस्तु भित्र रहेर धेरै जिज्ञासा र नेपाल एकिकरणमा पृथ्वी नारायण शाहको भुमिका ,वर्तमान अवस्थामा राष्ट्रीय एकताको महत्व लगाएत विविध विषयमा बोल्नु भएको बताईएको छ भने विशेष अतिथि डा. कट्टेलले नेपालको सांस्कृतिक ईतिहासमा पृथ्वी नारायण शाहको भुमिका विषयमा प्रकाश पार्नु भएको बताईएको छ।

सो कार्यक्रमकै अवसर पारेर कार्यक्रममा ऊपस्थित व्यक्तिहरुले पृथ्वी जयन्तिकै दिन संस्थाका संरक्षक, विधान समिति संयोजक हरिहर अर्याल लाई जन्मदिनको शुभकामना पनि दिईएको संस्थाका सचिव, कार्यक्रमका सहजकर्ता, पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस विशेष कार्यक्रमका संयोजक विराट खनालले जानकारी दिनु भएको थियो ।