जीबनशैलीप्रबास

ग्लोबल गोरखा समाजको सय दिन सम्पन्न १५ बुंदे प्रगति विवरण सार्वजनिक

जापान । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको दोस्रो महाधिवेशन पश्चात सय दिन प्रवेश संगै २०२०-२०२२ को कार्यसमितिले हाल सम्म गरेका प्रगति विवरण संगै समिक्षात्मक बैठक सम्पन्न गरेको बताईएको छ।

संस्थाको अध्यक्ष समेत रहनु भएका विनय अधिकारी अध्यक्षतामा बसेको बैठकले अध्यक्ष मार्फ़त १५ बुदाँमा रहेको प्रगति विवरण बैठकमा सार्वजनिक गर्नु का साथै आजको दिन सम्म संस्था लाई यो स्थान सम्म लेराऊन अहोरात्र खट्नु हुने मार्गदर्शन प्रदान गर्नु हुने संरक्षक मण्डल, सल्लाहकार परिषदका सदस्यहरु,विधान संसोधन समिति संयोजक, सदस्यहरु,कार्यसमिति पदाधिकारी र सदस्यहरु लाई धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाको एऊटा जग बसेको तर अब बाक़ी निर्माण गर्ने कार्यमा ईट्टा थप्नेकाम सम्पुर्ण प्रवासमा रहेका गोरखाली अग्रज बुबाआमा, दाजुभाई, दिदिबहिनीहरुको रहेको र सामुहिकता ले नै यस्ता संस्थाहरु लाई नयाँ ऊचाईमा पुर्याऊन सक्ने विश्वास व्यक्त गर्दै महत्वपुर्ण विचार राख्नु भएको बताईएको छ।

महासचिव त्रिलोचन पोखरेलले सन्चालन गर्नु भएको कार्यक्रममा अधिकांश संस्थाका पदाधिकारी लगाएत कार्यसमितिका सदस्यहरुको ऊपस्थित रहेको बताईएको छ। दोस्रो महाधिवेशन पश्चात संस्थाको १०० दिन सम्मका प्रगति विवरणहरु बुदागत रुपमा निम्न अनुसार रहेको बताईएको छ।

१, ग्लोबल गोरखा समाजको २०२०-२०२२ कार्यकालको लागी कार्यसमिति लाई पुर्णता दिईएको ।

२, संस्थाको महाधिवेशन पश्चात विश्वभर बाट २९ वटा देशमा ग्लोबल गोरखा समाजको राष्ट्रीय कार्यसमिति गठन भएको जानकारी प्राप्त गरिएको ।

३,प्रवासी गोरखालीहरुका अभिभावकहरु मध्यबाट प्रमुख संरक्षक,संरक्षक मण्डल चयन कार्य सम्पन्न गरिएको ।

४, विश्वका विभिन्न देशमा रहेका विभिन्न क्षेत्रमा योगदान पुर्याई रहेका बौद्धिक,गोरखालीहरुको पहिचान संगै सल्लाहकार परिषद गठन कार्य सम्पन्न गरिएको ।

५, विषयगत समिति अन्तर्गत विभिन्न विभागहरु गठन कार्य सम्पन्न गरिएको।

६, गोरखाका सम्पुर्ण स्थानिय निकायका प्रमुखहरु संग संस्थाको पदाधिकारी स्तरीय परिचयात्मक कार्यक्रम सम्पन्न गर्नुका साथै संस्थाको बारेमा संक्षिप्त जानकारी गराऊने कार्य सम्पन्न गरिएको ।

७, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङग संग पदाधिकारी स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको ।

८, स्वास्थ्य विभाग अन्तर्गत संस्थाका ऊपाध्यक्ष तथा स्वास्थ्य विभाग संयोजक गोकर्ण प्रसाद ढकाल को संयोजकत्वमा नेपाल संयोजक बिनोद पोखरेलको नेतृत्वमा १२ लाख बराबरको स्वास्थ्य सामाग्री गोरखाका सम्पुर्ण स्थानिय निकाय लगाएत पत्रकार महासंघ गोरखा शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा ,प्रमुख जिल्ला अधिकारीको कार्यालय गोरखा अन्तर्गत नेपाल प्रहरी ,शशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाल आर्मी लगाएत लाई कार्यसमिति बाट जुटेको सहयोग मार्फ़त स्वास्थ्य सामाग्री वितरण कार्य सम्पन्न गरिएको ।

९,कृषि विभाग अन्तर्गत उपाध्यक्ष तथा कृषि विभाग संयोजक नारायण भट्टको संयोजकत्वमा गोरखाली कृषि विज्ञहरु संग अन्तर्क्रिया कार्य सम्पन्न गर्नुका साथै प्रवासी गोरखालीहरु लाई कृषि क्षेत्रमा गोरखा जिल्लामा लगानी गर्ने वातावरण बनाऊनको लागी आवश्यक गृहकार्य भई रहेको ।

१०, शिक्षा विभाग अन्तर्गत महासचिव तथा शिक्षा विभाग संयोजक त्रिलोचन पोखरेलको निर्देशनमा गोरखाका सम्पुर्ण सामुदायिक आधारभूत विधालय को तथ्याङक संकलन कार्य जारी गरिएको ।

११, संस्थाका सचिव विराट खनालको संयोजकत्वमा पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस विशेष कार्यक्रम प्रमुख अतिथिका रुपमा, नेपाल प्रज्ञा प्रतिष्ठानका ऊपकुलपति जगमान गुरुङ र विशेष अतिथिहरुमा संस्कृतविद डा. नवराज कट्टेल, मेयर द्वय राजनराज पन्त, दिपकबाबु कडेल क्रमश गोरखा नगरपालिका,पालुङगटार नगरपालिका र अवैतानिक महावाणिज्यदुत क्यालिफोर्निया अमेरिका का ऋषि ढकाल र संस्थाका संरक्षक हरिहर अर्याल, राम प्रताप थापा,कृष्ण लामिछानेको उपस्थितिमा प्रमुख संरक्षक भवन भट्ट लगाएत अन्य संरक्षक मण्डल र सल्लाहकार परिषद सदस्यहरुको शुभकामना सन्देशका साथ पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस विशेष कार्यक्रम सम्पन्न गरिएको ।

१२, विधान संसोधन समितीले दिएको विधान कार्य समितिको करिब ९५% को उपस्थितिमा विधान पारित कार्य सम्पन्न गरिएको ।

१३, कार्यसमिति को बैठक ६ वटा र सचिवालयको बैठक ८ वटा सम्पन्न गरिएको ।

१४, संस्था दर्ता प्रक्रियामा प्रवेश गरिएको ।

१५, संस्थाले थप प्रभावकारी ढंगले परोपकारी कार्य गर्नको लागी संस्थालाई मजबुत बनाऊनको लागी संस्थाका कोषाध्यक्ष आकाश बन्जारा संयोजक र संह-कोषाध्यक्ष बम गुरुङ ऊप- संयोजक रहने गरि करिब रु ३ करोड बराबरको अक्षयकोष स्थापना गर्ने कार्यको परिकल्पना गरेको र त्यसको तयारीको लागी संरक्षक मण्डल,सल्लाहकार परिषद संग आवश्यक परामर्श साथै अक्षयकोष संकलन समिति गठन गर्ने तयारी गरेको बताईएको छ।

संस्थाका ऊपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोकर्ण प्रसाद ढकालले सय दिन विशेष कार्यक्रमको दौडानमा स्वास्थ्य विभागले गोरखाका सम्पुर्ण स्थानिय निकाय लाई १-१ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यमा आर्थिक सहयोग गर्नु भएका सम्पुर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरु लाई आफुले नेतृत्व गरेको विभागले गरेको कार्यमा सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा संस्थालाई एऊटा ऊचाईमा पुर्याऊन सम्पुर्ण प्रवासी गोरखालीहरुको साझा दायित्व रहेको र यसरी नै परोपकारी कार्यमा गोलबद्द हुन सम्पुर्ण लाई अनुरोध गर्नु भएको बताईएको छ।

साथै बैठकमा ऊपाध्यक्ष यदु लामिछाने (कोरिया),ऊपाध्यक्ष नारायण भट्ट (अमेरिका) ऊपाध्यक्ष जानुका रेग्मी  (स्पेन),सचिव शकुन्तला गुरुङ(बेलायत),कोषाध्यक्ष आकाश बन्जारा (हङकङ)सह-कोषाध्यक्ष बम गुरुङ(बेलायत), नेपाल संयोजक विनोद पोखरेल (नेपाल), सदस्य तथा गोरखा सेवा समाज कतारका नवनिर्वाचित अध्यक्ष रामजी खत्री (कतार) , सदस्य कमला लम्साल काप्री (जापान) लगाएत अन्य ऊपस्थितले संस्थाले सय दिन सम्पन्न गरेकोमा शुभकामना सहित आगामी दिनमा ग्लोबल गोरखा समाजलाई नयाँ ऊचाईमा पुर्याऊन सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको संस्थाका सचिव विराट खनालले जानकारी गराऊनु भएको छ।