एनआरएन

जब दरबारमार्गमा पूर्वमन्त्री बस्नेतले फोहोर टिपे

काठमाडौं । पूर्वमन्त्री महेश बस्नेत सडकमा फोहोर टिप्दै । शुक्रबार उपत्यकाको दरबारमार्गमा फरक दृश्य देखियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले आयोजना गरेको कार्यक्रममा विशाल जनसहभागिता रहेको उक्त कार्यक्रमको समापन पछि दरबारमार्गको सडकमा छरिएको फोहोर स्वयंसेवकहरुले जम्मा गरेका थिए । त्यसको नेतृत्व गरिरहेका थिए युवानेता महेश बस्नेतले ।

आमसभामा उपस्थित हजारौं मानिसहरुलाई व्यवस्थापन गर्नका लागि परिचालन गरिएका ३ हजार बढी स्वयंसेवकको नेतृत्व उनै अर्थात् राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले गरेका थिए ।

सामाजिक काममा सदैव अग्रसर भएर लागिरहने भक्तपुरका पूर्व सांसद एवं युवा नेता बस्नेतले अहिलेसम्म देखिँदै आएको सार्वजनिक कार्यक्रमपछिको कार्यक्रमस्थललाई कस्तो बनाउनुपर्छ भन्ने उदाहरण पेश गरेका छन् । सधैं युवाको ढुकढुकी बन्ने बस्नेत कार्यक्रम स्थलको फोहोर उठाउन पनि नेतृत्व गर्दै सफा गरेका थिए । उनको यस कार्यबाट अन्य कार्यक्रमका आयोजकहरुले पनि सिक्नुपर्ने देखिएको छ ।

उनले फोहोर उठाउँदै गरेको देखेका एक सर्वसाधारण भन्दै थिए, ‘मन्त्रीज्यू आफैं फोहोर टिप्दै हुनुहुन्छ, यस्तो त कहिल्यै देखिएको थिएन, जहिले पनि कार्यक्रम सकिएपनि फोहोर लथालिंगै हुन्थ्यो, सायद यहि नै हो मान्छे र बनमान्छेले गरेको कार्यक्रमको भिन्नता भनेको ।’