एनआरएनसमाचार

संघको मूल मर्म र अभियानलाई मूर्तरुप दिन मेरो उम्मेदवारी : कृष्णजीवी पन्थ, उम्मेदवार-वरिष्ठ उपाध्यक्ष

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थले संघले लिएको मूल मर्म र अभियानलाई मूर्तरुप दिनको लागि आफनो उम्मेदवारी रहेको बताउनुभएको छ ।

एनआरएनए अमेरिकालाई साझा संस्थाको रुपमा विकास गर्ने योजनासहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको पन्थले आफनो योग्यता, क्षमताले म्याएसम्म सबैको अपनत्व हुने गरि साझा संस्थाको रुपमा विकास गर्ने बताउनुभयो ।

२००८ मा अमेरिका आउनु भएका पन्थ मेरिल्याण्ड राज्यमा बस्नुहुन्छ। गैरआवासीय नेपाली संघको अभियान भने २०१४ देखि सक्रिय हुनुहुन्छ। २०१९ मा संघको अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलनमा पनि प्रतिनिधि भएर काठमाण्डौ जानुभएको थियो। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार पन्थ नेपाली अमेरिकी समुदायमा नरम र मिलनसार व्यक्तिका रुपमा चिनिनुहुन्छ।

पन्थ सबैको रोजाईमा समेत पर्नुभएको छ । एनआरएनएको आगामी चुनावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको पन्थ सबैको रोजाईमा पर्नुभएको हो ।

पन्थले ‘गतिशिल, पारदर्शी र संस्थागत एनआरएनए’ मूल नारा सहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल एनसीसी अमेरिकाको उपाध्यक्ष रहनु भएको पन्थ गत २०१९ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएको थियो