एनआरएनसमाचार

ग्लोबल गोरखा समाज महिला विभागको सहयोग ४० घर विपन्न चेपाङग परिवार लाई।

जापान ,  ग्लोबल गोरखा समाज महिला विभागको सक्रियतामा गोरखा जिल्ला गण्डकी गाँऊपालिका वडा नम्बर २ आँपटार क्षेत्रका करिब ४० घरपरिवार चेपाङग परिवार लाई खाध सामाग्रीका साथै स्कुल जाने नानीबाबुहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको बताईएको छ।

१११ औ अन्तराष्ट्रीय नारी दिवसको दिन भर्चुअल माध्यम मार्फत भएको कार्यक्रममा सो सहयोग गर्ने घोषणा गरेको समाजको महिला विभागले आज सो सहयोग पठाएको बताईएको छ।

समाजकी सचिव तथा महिला विभाग संयोजक शकुन्तला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा पुर्व मन्त्रि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कमला पन्त, विशेष अतिथिहरुमा प्रदेश सभा सदस्य,गण्डकी प्रदेशका माननिय द्वय मनकुमारी गुरुङ, धनमाया लामा, महिला सशक्तिकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगिता भट्टराई, आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराई, चेली नेपालकी अध्यक्ष सुनिता शर्मा र जिल्ला समन्वय समिति गोरखाकी ऊप- प्रमुख जानुका अधिकारी अतिथिहरुमा गोरखा नगरपालिका ऊप-प्रमुख बिना कुमारी श्रेष्ठ, पालुङगटार नगरपालिका ऊप-प्रमुख पम्फा बसेल, गण्डकी गाँऊपालिका ऊपाध्यक्ष ललिता अधिकारी , भिमसेन थापा गाँऊपालिका ऊपाध्यक्ष विनु वाग्ले लगाएत विभिन्न सामाजिक संघ,संस्थामा आबद्द साहित्यकार हाल अमेरिका निवासी सिता अर्याल लगाएतको ऊपस्थिति रहेको थियो ।

सो सहयोग आज नै समाजका अध्यक्ष विनय अधिकारी, नेपाल संयोजक विनोद पोखरेलले गण्डकी गाँऊपालिका की ऊपाध्यक्ष ललिता अधिकारी र सोहि वडाका वडा अध्यक्ष देव बहादुर गुरुङको ऊपस्थितिमा हस्तान्तरण गरेको बताईएको छ।

प्रवासमा रहेर पनि आफ्ना जिल्ला भित्र विभिन्न समयमा सहयोग गर्दै आएको समाज लाई ऊपाध्यक्ष अधिकारी र वडा अध्यक्ष गुरुङले धन्यवाद दिनुका साथै सिन्गो देश र जिल्लाको समृद्दीको आधारनै प्रवासी युवा,बुद्दीजीवीहरु रहेको समेत धारणा व्यक्त गर्नु भएको बताईएको छ। खाध सामाग्री पाएका स्थानियले ग्लोबल गोरखा समाजले ऊब्जनी नहुने समयमा आफ्नो गाँऊघरको दुख बुझेकोमा समाज प्रति आफ्नो समुदाय कृतज्ञ रहेको धारणा समेत व्यक्त गरेका बताईएको छ।       ,