एनआरएन

जनसम्पर्क समिति वेलायतको अधिवेशनको मिति तोकिएको छैन् : सभापति गुरुङ्ग

लण्डन । नेपाली जनसम्पर्क समिति (एपीसीसी) वेलायतभित्र अधिवेशनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।कोरोना संक्रमणका कारण परिवार सहित आइसोलेसमा परेका सभापति युबराज गुरुङलाई छलेर कार्यवाहक सभापति महेश दाहाल समूहले आगामी जुलाई महिनामा अधिवेशन गर्ने घोषणा गरे पछि समिति विवादमा परेको हो ।गत हप्ता सम्पन्न समितिको बैठकले जुलाई १७ शनिवारको दिन अधिवेशन गर्ने निर्णय गरेको दावी गरिएको थियो ।

सभापति गुरुङ्गले आफु कोरोना संक्रमणका कारणले अक्सिजन लिएर बसेको मौका छोपेर महाधिवेशन घोषणा गरिनुलाई अमानविय निर्णय भनेका छन् ।कार्यवाहक सभापतिले ‘डे टु टे’ काम चलाउने हो, महाधिवेशन तोक्ने अधिकार दिइएको छैन् यो पूर्णरुपमा षड्यन्त्रकारी र विधान विपरित निर्णय हो मान्ने कुरै आउदैन् सभापति गुरुङ्गले बुधवार नेपालब्रिटेन डट कमलाई भने ।

बैठकमा सल्लाकार शेर सुनारले सभापतिलाई बाईपास गरी कुनै गम्भीर निर्णय नलिन सुझाव दिएका थिए ।सभापतिलाईनै थाह नदिई घोषणा गरिएको महाधिवेशन गर्न नसकिने नेपाली जनसम्पर्क समिति बेलायत उपसभापती सुवास चन्द्र पोखरेलले बताए ।सभापति गुरुङ्गले कार्यवाहक सभापति महेश दाहालको अध्यक्षतामा गठित सबै उपसमिति समेत खरेज हुने जानकारी दिए । गुरुङ्गले अहिले नेपाली कांग्रेसले क्रियाशिल सदस्यता वितरण गर्न मात्र अधिकार दिएको तर अधिवेशनको मिति पछि पार्टीले तोके बमोजिम हुने बताए ।

यसैबीच दाहाल समूहद्धारा गठित क्रियाशिल सदस्यता छानविन समितिका संयोजक विनोद मोक्तानले सो समितिमा बस्न अस्वीकार गरेका छन् ।सभापति गुरुङ्ग अहिले नेपालमा आफ्नै घरमा अक्सिजन लिएर कोरोना संक्रमणसंग लडि रहेका छन् भने उनकी श्रीमति अस्पतालमा आइसीयूमा छन् । उनी विगत केही महिना देखि पार्टी कामको सिलसिलामा नेपालमा बस्दै आएका छन् ।