एनआरएन

मातृभुमीको संकट सम्बोधन गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई हङकङ निवासी व्यवसायी आकाश बन्जाराको सहयोग

कोभिड-१९ को दोस्रो चरणको प्रभावले समस्या ग्रस्त हुदै गएको मातृभुमी नेपालमा परेका समस्याहरुमा मलम पट्टि थोरै भए पनि होस भनि गोरखा जिल्ला आरुघाट गाऊपालिका निवासी हाल हङकङमा रहनु भएका व्यवसायी आकाश बन्जाराले राष्ट्रिय आविष्कार केन्द्र लाई रु. ५०,०००/- (पचास हजार) सहयोग पठाऊनु भएको बताईएको छ।

सामाजिक क्षेत्रमा क्रियाशिल बन्जाराले यो संकटको घडिमा राष्ट्रिय आविष्कार केन्द्रले आफुले सकेको र अभाव भएको विभिन्न किसिमका अत्यावश्यक सामानहरु समस्या ग्रस्त क्षेत्र सम्म पुर्याऊन सक्रिय ढंगले लागि रहेको सामाजिक संजाल मार्फत थाहा पाएपछि सो केन्द्र लाई आफुले सानो सहयोग गरेको बताईएको छ। ग्लोबल गोरखा समाजका कोषाध्यक्ष समेत रहनु भएका बन्जाराले यो विपतको समयमा प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुले मातृभुमी पिडामा रहेको बेलामा आफुले सकेको सहयोग गर्दै एऊटा असल नागरिकको दायित्व पुरा गर्न समेत अनुरोध गर्नु भएको छ।

बन्जाराले हिजो मात्र आफ्नो प्रतिनिधिका रुपमा आफ्नो परिवारका सदस्य लाई राष्ट्रिय आविष्कार केन्द्रका सन्चालक डा. महाविर पुनको कार्यालयमा नै पुगेर सहयोग हस्तान्तरण गराऊनु भएको हो। पुनले मातृभुमिको पिडामा राष्ट्रिय आविष्कार केन्द्रले गरेको कार्यको मुल्याङकन गरेर सहयोग पठाऊनु भएकोमा बन्जारा लाई धन्यवाद सहित आगामी दिनमा आफु तपाईहरु जस्ता समाजमा सकारात्मक काम गर्न रुचाऊने व्यक्तिहरु संग सम्पर्क,समन्वय र सल्लाह,सुझाव लिग्दै अगाडि बढ्ने सन्देश सहयोग हस्तान्तरण गर्न पुग्नु भएका परिवारका सदस्य संग पठाऊनु भएको जनाईएको छ।