एनआरएनसमाचार

एनआरएनए जापानको महासचीव पदमा वर्तमान सचिव टिकाराम खरेलको ऊमेद्ववारी



जापान,  गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको यहि जुलाई अन्तिममा हुन गई रहेको महाधिवेशनमा वर्तमान सचिव टिकाराम खरेलले महासचिव पदका लागी आफ्नो ऊमेद्ववारी घोषणा गर्नु भएको छ।

लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल खरेलको महासचिव पदको ऊमेद्ववारी संगै NRNA जापानले शालिन,भद्र,अनुशासित,बोल्ने भन्दा कार्यान्वयन गर्ने व्यक्ति महासचिव पदमा पाऊनेमा जापान स्थित एनआरएनए अग्रज देखि विभिन्न सामाजिक संघ संस्थाका व्यक्तित्वहरुले धारणाहरु राख्दै आएको पाईन्छ। गुल्मि जिल्लाको मुसिकोट नगरपालिकामा जन्मनु भएका खरेल स्वदेशमै रहदा देखि सामाजिक क्षेत्रमा क्रियाशिल हुनुका साथै अग्रेजी विषयमा स्नाकोत्तर पश्चात अध्यापन पेशामा समेत आबद्ध हुनु हुन्थ्यो। सन २००५ को अप्रिलमा विधार्थी भिषामा जापान प्रवेश गर्नु भएका खरेल युनिभर्सिटी सम्मको अध्ययन पश्चात विभिन्न जापनिज कम्पनीहरुमा रोजगारी गर्नुका साथै लामो समय देखि व्यवसायीक,सामाजिक फिल्डमा समय व्यथित गर्दै आऊनु भएको छ।

प्रवासमा रहेर पनि स्वदेशका विभिन्न क्षेत्रमा लगानी गर्दै आऊनु भएका खरेलले दरमखोला हाईड्रो,कृषी,पशुपालन र शिक्षा क्षेत्रमा समेत ठुलो लगानी गर्दै आऊनु भएको छ। विभिन्न सामाजिक संस्थाको नेतृत्वतहमा रहेर काम गर्नु भएका खरेलले २००९ मा न्यु लाईफ मनकामना फण्ड स्थापना गर्दै त्यसको संस्थापक महासचिव, २०१२ मा जन कल्याणकारी संस्था जापानको संस्थापक अध्यक्ष, हुदै सन २०१३ बाट NRNA अभियानमा प्रत्यक्ष संलग्न हुदै आऊनु भएको छ। विभिन्न क्षेत्रिय समाजहरुको नेतृत्व तहमा रहेर काम गर्दै आऊनु भएका खरेल २०१७-२०१९ कान्तो क्षेत्रको सल्लाहकार २०१९-२०२१ NRNA जापानको सचिव पदमा रहेर कार्य सम्पादन गर्दै आऊनु भएको छ। खरेलको ऊमेद्ववारी लाई सामाजिक संजालमा धेरै बोल्ने भन्दा पनि संस्थाको पदिय जिम्मेवारीमा रहेर आफ्नो कर्तव्य पुरा गर्ने पात्रको ऊमेद्ववारीको रुपमा हेरिदै आएको छ। एक कार्यकाल सचिव पदमा रहेर काम गरिसक्नु भएको खरेल अन्य ऊमेद्ववार भन्दा फरक स्वभावकै भएकोले पनि जापानबासी नेपालीहरुले महासचिव पदमा खरेल लाई विजय गराऊन सक्ने हाम्रो केहि अध्ययनले समेत प्राप्त गरेको छ।