एनआरएनसमाचार

एनआरएनए आइसिसीको उपाध्यक्षमा अमेरिकाका निवर्तमान अध्यक्ष सुनिल साहले उम्मेदवारी दिने



टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आइसिसी उपाध्यक्षमा एनआरएनए एनसिसी अमेरिकाको निवर्तमान अध्यक्ष सुनिल साहले उम्मेदवारी दिनु हुने भएको छ । आगामी अक्टोवरमा हुने आइसिसीको निर्वाचनमा साहले उपाध्यक्षमा उम्मेदवारी दिनु हुने भएको हो ।

साहले संघको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । एनआरएनए अमेरिकाको अध्यक्ष रहँदा साहले महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको थियो ।

साहले संस्थामा बटुलेको अनुभव र अग्रजको सल्लाहमा केन्द्रीय उपाध्यक्षको उम्मेदवारी दिन लाग्नु भएको बताउनु भएको छ । साह एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोको निकट रहनु हुन्छ ।