प्रबास

एनआरएनए आईसिसि उपाध्यक्षमा बेल्जियमबाट शिव बरुवालको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनारएनएका युरोपका पुर्व संयोजक शिवकुमार बरुवालले एनआरएनएको आगामी कार्यकाल सन 2021-23 को लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बरुवालले आगामी अक्टोबरमा काठमाडौंमा हुन गैरहेको एनआरएनए आइसिसिको दशौ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दिने भएका हुन् । नेपालको म्याग्दी जिल्लाका बरुवाल विगत एक्काईस वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् ।

बरुवालले एनआरएनए बेल्जियमको सन २००५ मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमा काम गरिरहेका छन् । एनआरएनलाई संस्थागत गर्न र संस्थालाई विधि बिधान र पद्धतिले चलाउन सचिबालयकोे महत्त्वपूर्ण भुमिका रहन्छ । उपाध्यक्षमा रहेर त्यो जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने विश्वास साथै अनुभब पनि प्रशाशनिक काम भएकोले यो पदमा काम गर्ने इच्छा राखेको बरुवालले बताए ।

युरोप संयोजकको जिम्मेवारी सम्हालेयता युरोपका एनसिसिहरुलाइ अझ सबल बनाउदै संस्थाको संस्थागत बिकास गर्दै नेपालमा प्रबिधि, लगानी लैजाने र पर्यटन प्रवद्र्धन गर्ने कामम बरुवालले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

बरुवालकै नेतृत्वमा एनआरएनएको १२ औं युरोपेली बैठक सफलतापूर्वक आयोजना सम्पन्न भएको थियो । आगामी दिनमा पनि एनआरएनए अग्रजहरुले सुरु गरेकोे यस अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने बरुवालले बताए । यसपटक धेरै साथीहरूसँगकोे सरसल्लाह र सुझाब अनुसार उपाध्यक्ष पदमा उम्मेदबारी दिने निर्णय गरेको छु’, बरुवालले भने ।

एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै एनआरएनए संस्थाप्रति दत्तचित भई लागेका बरुवाल सन २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुँदै यो अभियानमा सहभागी भएका थिए ।

बेल्जियममा विभिन्न संघसंस्थाको संस्थापक हुँदै हाल बेल्जियमका सबै क्रियाशिल संघ–संस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुँदै आफुलाई सामाजिक क्षेत्रमा स्थापित गरिसकेका उन एनआरएन र विभिन्न सामाजिक सस्थामार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम गरिरहेका छन् ।

बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सफलतापुर्वक सञ्चालन गरी कुशल व्यवसायीको परिचय दिइरहेका बरुवाल हाल बेल्जियमका ब्याबसायीहरुलाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा जलविद्युत र कृषि क्षेत्रमा लगानी भित्र्याउने काम पनि गरिरहेका छन् । एनआरएनका उद्दश्य अनुरुपका सबै कार्यमा बरुवालले आफुलाइ संलग्न गराएको र आफ्नो जिम्माको काम अतिनै लगनशीलताका साथ सम्पन्न गर्ने बरुवाल गत आईसिसि निर्बाचनमा सचिबमा केहि मतले पछाडि परे पनि आगामी एनआरएनएको कार्यकालको लागि पनि सबैको प्रिय र सक्षम उम्मेदवारको रुपमा परिचित छन् ।