एनआरएनसमाचार

एनआरएनए आइसिसी उपाध्यक्षमा जय प्रकाश गुरुङको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने निर्वाचनमा जयप्रकाश गुरुङले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गुरुङले संघको आगामी कार्यकालको (२०२१-०२३) लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

ग्लोवल गोरखा समाजका संस्थापक अध्यक्ष तथा एनआरएनएको पूर्व आइसिसी सदस्य समेत रहनु भएको गुरुङले अग्रजहरुको सल्लाह, सुझावको आधारमा उपाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिनु भयो ।

‘विश्वभरिका साथी भाई तथा इष्टमित्रहरुको सरसल्लाहमा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ’, उहाँले भन्नु भयो ।  विश्वभरिका गोरखा जिल्लाबासीहरुलाई एउटै छात्राभित्र गोलबन्द गराउन सफल गुरुङले एनआरएनएमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको छ ।

उहाँको उम्मेदवारीलाई विश्वभरिका गोरखाबासी नेपालीहरुले समेत स्वागत गर्दै जिताउन सक्दो सहयोग गर्ने बताएका छन् ।