Uncategorized

जनसम्पर्क समिति बेलायतद्वारा रबिना थापा र बिनय अधिकारी उम्मेदवार भएको घोषणा

बेलायत । नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसीसी)ले गैरआवासीय नेपाली संघ (एनआरएनएन) अध्यक्षमा रबिना थापालाई सहयोग गर्ने आधिकारिक निर्णय गरेको छ । एनपिसीसीको सेप्टेम्बर ५ आइतबार अध्यक्ष युवराज गुरुङको अध्यक्षतामा बसेको बैठकले पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारको बारेमा निर्णय गरेको हो । भर्चुअल बैठकले बेलायतबाट केन्द्रीय महासचिव पदमा उम्मेदवार दिने विनय अधिकारीलाई समर्थन गर्ने निर्णय लिएको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । पत्रकारिता मार्फत जनसम्पर्क समितिलाई विश्वभर फैलाउन सफल अधिकारी लामो समयदेखि पार्टी राजनीतिमा आवद्ध छन ।

उनी एनआरएनए अभियन्ता तथा ग्लोवल गोर्खाका केन्द्रीय अध्यक्ष हुन ।  ग्लोवल  गोर्खा विश्वका ३० वटा मुलुकमा फैलिएको छ । कोरोना संक्रमणका बेला अधिकारीको नेतृत्वमा अक्सिजन समेत वितरण गरिएको थियो । अधिकारी देउवा निटक मानिन्छन । अधिकारीलाई जनसम्पर्क समितिमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै हालै विपि जयन्तीका अवसरमा सम्मान गरिएको थियो । थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्य समेत हुन् । जनसम्पर्क समिति बेलायतको उक्त निर्णयपछि संघमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणाको तयारीमा रहेका बेलायत निवासी पूर्व उपाध्यक्ष कुल आचार्य स्वतन्त्र उम्मेवार बन्न पुगेका छन ।

जनसम्पर्क समिति बेलायतको निर्णयले विश्वभर फैलिएका जनसम्पर्क समितिहरुलाई रबिना थापाको पक्षमा निर्णय गर्न सजिलो बनाइ दिएको छ । एनआरएनए आइसीसी अध्यक्षका लागि थापा र उनको समुहको उम्मेदवारी झन ससक्त बनेको देखिएको छ । यसैगरी जसस युकेले उपाध्यक्षमा थर्क सेन, युरोप सह सयोजकमा दयादनिधि सापकोटालाई पनि समर्थन गर्ने निर्णय गरेको छ । बैठकमा नेपाली काँग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिको बारेमा बिभिन्न निर्णय भएका छन। बैठकले बेलायतका कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, क्रियाशील सदस्यहरु, केन्द्रियसभा सदस्यहरुलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिने समेत निर्णय गरिएको छ।