लन्डन । गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा बेलायतनिवासी विनय अधिकारीलाई आधिकारिक रुपमा महासचिवको उम्मेदवारी बनाउने निर्णय गरिएको छ । कांग्रेस सम्बद्ध जनसम्पर्क समिति बेलायतले आगामी निर्वाचनमा अधिकारीलाई आधिकारिक रुपमा महासचिवको उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
आइतबार बसेको नेपाली जनसम्पर्क समिति बेलायतको बैठकले आधिकारिक रुपमा अधिकारीलाई महासचिवको उम्मेदवार बनाउने र सहयोग गर्न सबैमा अपिल समेत गरेको छ ।
बेलायतका सभापति युवराज गुरुगं, महामन्त्री प्रवेश केसी, पूर्व महामन्त्री तथा एनआरएनए यूकेका पूर्व महासचिव समेत रहनु भएको राज कुमार त्रिपाठी (आरके) लगायतले अधिकारीलाई समर्थन जनाउनु भएको छ ।
त्यस्तैगरि, एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, योग कुमार फगामी, समितिका सल्लाहकार शिवजी श्रेष्ठ, शेर बहादुर सुनार, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, ग्लोवल गोरखा समाजका संस्थाक अध्यक्ष जय प्रकास गुरुगं, थर्क सेन, पूर्व आइसिसी सदस्य कुमारी गुरुगंलगायतले पनि समर्थन गर्नु भएको छ ।
जनसम्पर्क समितिको केन्द्रीय जनजाती महासंघको संयोजक विनोद मोक्तान, उपसभाति कोपिला सुब्बा, उपसभापति युवराज सिंह, उपसभापति महेश दाहाल सहमहामन्त्ती रितेष राज पाण्डे र इन्द्र,ले पनि समर्थन जनाउँदै शुभकामना दिनु भएको छ ।