Uncategorized

एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठीलाई बेल्जियमा भब्य स्वागत (फोटोफिचरसहित)

बेल्जियम । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठीलाई बेल्जियममा भब्य स्वागत गरिएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक समेत रहनु भएको त्रिपाठीलाई बेल्जियममा भब्य स्वागत गरिएको हो ।

No description available.

No description available.

एनआरएनए निर्वाचन नजिकिंदै जाँदा चुनावी प्रचार अभियानको क्रममा यूरोप भ्रमण रहनु भएको त्रिपाठी मंगलबार बेल्जियम पुग्नु भएको हो । त्रिपाठीले एनआरएनए बेल्जियमले नै एक औपचारिक कार्यक्रमको आयोजना गरि भब्य स्वागत तथा समर्थन गरेको हो ।

No description available.

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसीलगायत कार्यसमिति, आइसिसी सदस्य, विधान समितिका उपसंयोजक गंगाधर गौतम, पूर्व आइसिसी महिला संयोजक रजनी प्रधान, नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष सीता सापकोटालगायत गैर आवासीय नेपालीहरुले भब्य स्वागत गर्नु भएको हो ।

No description available.

No description available.

कार्यक्रममा आईसिसी मानार्थ सदस्य रामजीवी पन्त पनि त्रिपाठीसँगै सहभागि हुनुहुन्थ्यो । सो अवसरमा एनआरएनए बेल्जियमले राजन त्रिपाठीलाई समर्थन गर्ने जनाएको छ । त्रिाठीले यसअघि डेनमार्क र नर्वेको भ्रमण सकाइसक्नु भएको छ ।

No description available.No description available.No description available.