एनआरएनसमाचार

ग्लोबल गोरखा समाजका संरक्षक राम प्रताप थापा एनआरएनए कार्यबाहक प्रमुख निर्वाचन आयुक्तमा नियुक्त

काठमाडौं –  ग्लोवल गोरखा समाजका संरक्षक राम प्रताप थापा गैर आवासीय नेपाली संघको प्रमुख कार्यवाह निर्वाचन आयुक्तमा नियुक्त हुनु भएको छ । प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले कार्यव्यस्तताको कारण देखाउदै पदबाट राजीनामा दिएपछि थापालाई कार्यवाहको जिम्मेवारी दिइएको हो ।

निर्वाचन समितिको शुक्रबारको बैठकमा पौडेलले नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणा बिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त व्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तका रुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिनु भएको हो ।

बैठकमा सहभागी एनआरएनए अध्यक्ष कुमार पन्तले उहाँले दिएको राजीनामा तत्काल स्वीकृत गरी कार्यबाहक प्रमुख आयुक्तमा रामप्रताप थापालाई जिम्मेवारी प्रदान गर्नु भएको थियो ।

नयाँ कार्यतालिका अनुसार आगामी डिसेम्बर १६ र १७ तारिखमा उम्मेदवार मनोनयन दर्ता मिति तोकिएको छ ।