एनआरएनसमाचार

कांग्रेस महाधिवेशनमा कुल आचार्य डा. शेखर कोइरालालाई जिताउन लागेको खुलासा

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यलाई सभपातिका उम्मेदवार डा. शेखर कोइरालालाई जिताउन लागेको आरोप लागेको छ । आचार्यले डा. कोइरालालाई जिताउन नेपाली जनसम्पर्क समितिमार्फत आएका प्रतिनिधिलाई लविगं गरेको र भोट मागेको खुलासा भएको हो ।

कांग्रेस सभापतिमा निर्वाचित शेर बहादुर देउवाको शरणमा परेर एनआरएनएमा अध्यक्षको उम्मेदवार बन्ने हल्ला चलाएका आचार्य आफैले देउवालाई विश्वासघात गर्दै कोइरालालाई जिताउन लागेपछि यतिखेर आचार्यलाई एनआरएनए अध्यक्षको उम्मेदवार बन्नबाट रोकिने भएको छ । आचार्यले भित्री रुपमा एनआरएनए महासचिवका उम्मेदवार डा. केशव पौडेल र यादव पण्डितसँग मिलेर देउवाविरोधी गतिविधी गरेको भन्दै त्यसको जानकारी कांग्रेस नेतृ आरजु देउवा राणासमक्ष पुगेको छ ।

बेलायतबाट महाधिवेशन प्रतिनिधि आएका जनसम्पर्कका एक नेताले त्यसको रिपोर्ट गर्दै एनआरएनमा आचार्यको विकल्प खोज्न र रविना थापलाई अगाडि सार्न दबाब परेको छ । आरजुले सो सम्बन्धमा थप छानबीन गरिरहेको र थप पुष्टि भए एनआरएनए अध्यक्षको उम्मेदवारका रुपमा सहयोग नगर्ने बताउनु भएको छ ।

कांग्रेस सभापतिमा कोइरालाले जिते आफूहरुको अस्तित्व समाप्त हुने डरले आचार्यले भित्री रुपमा समर्थन गरे पनि कोइराला पराजीत भएका छन् भने देउवा पुनः सभापतिमा निर्वाचित भएका छन् ।