एनआरएन

नागरिता र ब्रिटिश गोरखाका समस्या समाधानको गर्नका एनआरएनए महासचिब का प्रत्यासी बिनय आधिकारिद्वारा गृहमन्त्री बालकृष्ण खाँड समक्ष माग

काठमाण्डौ। बिदेशमा बसोवास गर्दै आएका नेपालीहरु मध्य काग्रेसको शसक्त भातृ संगठनका रूपमा अगाडी बढेको एनपिसीसीको एक समुहले काठमाण्डौमा एउटा छलफलको आयोजना गरेको समाचार प्राप्त भयको छ।

यो समाचार एनआरएनए अन्तर्राष्ट्रिय महासचिवका उम्मेदवार विनय अधिकारीले दिनु भयको हो। प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँड उपस्थित रहेको एनपिसीसी सो कार्यक्रममा ब्रिटिस गोर्खा असमान पेन्सन समस्या बारे महासचीवका उम्मेदवार अधिकारीले राख्नु भयको हो। बेलायतमा नेपालीहरूको उच्च सैनिक सेवा २०० बर्ष भन्दा बढी रहे पनि गोर्खा समस्यामा सरकार मौन रहन नहुने बिचार ब्यक्त गर्दै अविलम्व समस्या समाधानमा लाग्न अनुरोध गर्नु भयको थियो।

एनपिसीसी बेलायतका अध्यक्ष युवराज गुरुङ उपस्थिती रहेको सो कार्यक्रम गृह मन्त्रालय सिंहदरवारमा भयको थियो।