Uncategorized

एस आई युकेले जुन ११, २०२२ मा ५० भन्दा बढि युके युनिभर्सिटी सहभागि हुने गरी होटल एभरेष्टमा एजुकेशन फेयर गर्ने

काठमाडौं । युके युनिभर्सिटी फेयर २०२२ हुने भएको छ। एस.आइ.यूकेको आयोजनामा जुन ११ मा युके युनिभर्सिटी फेयर २०२२ हुने बताइएको छ। बेलायत पढ्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा यो सेवा सुरु गरेको हो।

एस.आइ.युकेले ७९ देशमा ४० ग्लोबल अफिसमार्फत प्रत्यक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गर्दै आएको छ।सबै देशको शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एस आइ यु केले पोष्ट प्यान्डामीक, नविनतम परिवर्तित भिजा नियमर बेलायती शिक्षण पद्धतिका बारेमा सत्य तथ्य जानकारी गराउन सो शैक्षिक मेलाको आयोजना गर्न लागीएको एसआइयुके नेपाल प्रमुख विनय अधिकारीले जानकारी दिए।

शैक्षिक मेलामा युकेका ५० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई युकेमा अध्ययन अवसर र चुनौतीका बारेमा जानकारी गराउने बताइएको छ।नेपालमा यति धेरै बेलायतका विश्वविद्यालय सहभागी हुनु भनेको नेपाली विद्यार्थीलाई सुबर्ण अवसर ह।

फेयरमा बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई परामर्श प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। फेयरमा विद्यार्थी र अभिभावकले एकै छानामुनि बेलायतको शैक्षिक प्रणाली, अध्यनार्थ लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र वहन गर्नुपर्ने चुनौतीहरुका बारेमा पूर्ण जानकारी हासिल गर्ने अपेक्षा लिइएको छ।  फेयर होटेल एभरेष्ट बानेश्वर मा हुने भएको छ। फेयरमा करिव १५०० -२०००विद्यार्थीले सेवा लिन सक्ने आयोजकले जानकारी दिएको छ। यो फेयर सम्भवत नेपालको अहिले सम्मको ठुलो फेयर हुने आयोजकको भनाई छ।