लण्डन । गोर्खाली समाज युकेको अध्यक्षमा अशोक ढकालले उम्मेदवारी घोषणा गरेका छन् । यही अप्रिल २३ तारिख शनिवारका दिन साउथ ह्यारो स्थित फुटबल क्लवमा हुने समाजको आठौँ अधिवेशनले निर्वाचित गर्ने नयाँ पदाधिकारी अन्तर्गत ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
हाल महासचिव पदमा काम गर्दै आईरहेका उनले आफ्नो अनुभव र योग्यताको हिसाबले आफुले यसपल्ट अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । “विगत १० वर्षदेखि निरन्तर समाजमा काम गरेको र ८ बर्ष आफु समाजको महासचिवको हैसियतमा काम गरेर थुप्रै अनुभव बटुलेको’ लण्डन नेपाल न्यूजसगंको कुराकानीमा ढकालले भने,यसर्थ पनि म अध्यक्ष पदको बलियो उम्मेदवार हुँ ।”
आफुले महासचिव रहँदा संस्थालाई चलायमान बनाउन विशेष भुमिका खेलेको उनको दाबी छ । नेतृत्वमै रहेर संस्थाका गतिबिधि अझै सक्रिय रुपमा सञ्चालन गर्ने र गोर्खाली समाजलाई सामाजिक संस्थाको रुपमा स्थापित गर्नु आफ्नो प्रमुख ध्येय रहेको उनको भनाई छ ।
ढकालले समाजका सदस्यलाई जातजाति,धर्म,राजनीतिक आबद्धताको हिसाबले नजिकको भन्दा राम्रो र सक्षम उम्मेदवार छनोट गर्न अनुरोध समेत गरेका छन् । आफुले विगतमा गरेका कामको मूल्याकंन गर्ने बेला यतिबेला विज्ञ सदस्यहरु सगं रहेको भन्दै उनले सबैलाई सहयोग गर्न पनि आग्रह गरे।
गोर्खा श्रीनाथकोट बाट २००९ मा बेलायत आएका ढकाल विगत १० वर्षदेखि नोर्थोल्ट क्षेत्रमा परिवारका साथ बसोबास गर्दै आईरहेका छन् । उनले लण्डनमा सिनियर क्वान्टिटी सुरभीयोर (Senior Quantity Surveyor) को काममा रहेका छन् ।
महासचिव रहँदा उनले समाजलाई आफ्नै नेतृत्वमा च्यारिटीमा दर्ता गर्न विशेष भुमिका निर्वाह गरेका थिए ।
त्यस्तै भुकम्प,कोरोना महामारी लगायतका अन्य प्राकृतिक विपत्ति र प्रकोपहरुमा गृह जिल्लामा थुप्रै आर्थिक तथा भौतिक सामाग्रीहरु समेत ढकालकै नेतृत्वमा पठाईएको थियो ।
सन् २००२ सालमा लण्डनमा स्थापित गोर्खाली समाज युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको संस्था हो। संस्था विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ ।